logo
  • शनिबार, अशोज ३, २०८३ / Saturday, Sep, 19 ,2026

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग


  • उज्यालो अभियान

लालबन्दी, ०२ असोज – नेपाल-भारत मैत्री संघ उपशाखा लालबन्दीले आज विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

मित्रराष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसर पारेर लालबन्दी नगरपालिका ३ जब्दी भैरबपुरमा रहेको मनपुरण जनता माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा पढ्ने विद्यार्थीलाई कपी वितरण गरिएको नेपाल-भारत मैत्री संघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले जानकारी दिए ।

नेपाल-भारत मैत्री संघ उपशाखा लालबन्दीका अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा विद्यालयका व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, विद्यार्थीलगायतको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

७५ जना विद्यार्थीलाई तीन/तीन थान कपी वितरण गरिएको संघका केन्द्रीय सदस्य न्यौपानेले बताए ।