हरिपुर, २९ भदौ – सर्लाही जिल्ला भलिबल संघको ५ औँ जिल्ला अधिवेशन आज हरिपुर नगरपालिकास्थित चिताइनमा सम्पन्न भएको छ ।
अधिवेशनले पुनः रामकृष्ण चौधरी अध्यक्ष रहने गरी संघको १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । संघको उपाध्यक्षमा शिवनारायण सिंह र अशोक चौधरी, सचिवमा अरुणकुमार चौधरी, कोषाध्यक्षमा रामकुमार चौधरी, सदस्यहरुमा जिवननारायण सिंह, हेमबहादुर थापा, अमित चौधरी, प्रमोद चौधरी, उमेश चौधरी, शिवशंकर श्रेष्ठ, तोफा खातुन र नेहा चौधरी चयन भएका छन् ।
अधिवेशनले मधेश प्रदेश भलिबल संघका लागि सर्लाहीबाट जिवनारायण सिंह र हेमबहादुर थापालाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको छ ।
हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यतामा आयोजित सर्लाही जिल्ला भलिबल संघको पाँचौं अधिवेशनमा नेपाल भलिबल संघका केन्द्रीय सदस्य रामनन्द सिंह, मधेश प्रदेश भलिबल संघका उपाध्यक्ष रवीन्द्र यादव, हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरी, लालबन्दी ४ का अध्यक्ष वुद्धदेव चौधरी, सर्लाही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोजित केसीलगायतको आतिथ्यता रहेको थियो ।