logo
  • बिहिबार, साउन २८, २०८३ / Thursday, Aug, 13 ,2026

हरिवनमा युवा दौड प्रतियोगिता


  • उज्यालो अभियान

हरिवन, २७ साउन अन्तराष्ट्रिय युवा दिवसको अवसरमा हरिवनमा आज बिहान युवा दौड प्रतियोगिता सम्पन्न गरिएको छ ।

आयोजक संस्था सर्लाही यूथ फोरमकी अध्यक्ष आरती लामाका अनुसार हरिवन नगरपालिकास्थित नयाँरोडदेखि हरिवन चोकसम्म भएको दौड प्रतियोगितामा १०० जना भन्दा बढी युवा सहभागी भएका थिए ।

त्यसमध्ये अशोककुमार साह पहिलो, विक्रम यादव दोस्रो र आकाश मुखिया तेस्रो भएका आयोजकले जनाएको छ । उनीहरुलाई जनही सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कारसहित प्रमाण–पत्र प्रदान गरिएको छ ।

युवा पछिल्लो समय लागुऔषधको दुर्व्यसनीमा अत्यधिक लाग्न थालेसँगै युवामाझ सचेतना जगाउन सकियोस् भन्ने उद्देश्यले लागुऔषधविरुद्ध हाम्रो दौड नाम दिएर प्रतियोगिता सम्पन्न गरिएको सर्लाही यूथ फोरमकी अध्यक्ष लामाले बताईन् ।