अस्पताल शिलान्यास कार्यक्रममा उपस्थित अतिथिहरु । (तस्बीर सौजन्य : निरज यादव)
कौडेना – सर्लाहीको कौडेना गाउँपालिकामा सोमबार १० बेडको सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ ।
कौडेना गाउँपालिका वडा नं. २ फूलपरासीमा गाउँपालिकाले बनाउन लागेको अस्पतालको नेपाली कांग्रेसका सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले शिलान्यास गरेकी हुन् । करिव ६ करोड रुपैयाँको लागतमा आगामी फागुनसम्म अस्पतालको निर्माण कार्य पूरा गरी संचालनमा ल्याउने उद्देश्य रहेको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले जानकारी दिए ।
यस्तै, कांग्रेस सहमहामन्त्री उपाध्यायकै प्रमुख आतिथ्यतामा सोमबार नै कौडेना गाउँपालिका–२, इनर्बा टोलमा झण्डै २ करोड लागतमा बनाउन लागिएको विष्णु मन्दिरको पनि शिलान्यास गरिएको छ ।