logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लालबन्दी र मलंगवामा कार्यपालिका सदस्य निर्वाचन


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेका छन् ।

बुधबार सम्पन्न नगर कार्यपालिका सदस्यको मतदानबाट एमालेका ४ र माओवादी केन्द्रका ४ जना सदस्य निर्वाचित भएका छन् । दलित वा अल्पसंख्यक नगर कार्यपालिका सदस्यमा एमालेका विक्रम आछामे र सन्तवीर माझी तथा माओवादीका देवानन्द पासवान चयन भएका छन् ।

त्यस्तै, ५ जना महिला नगर कार्यपालिका सदस्यमा माओवादी केन्द्रका इन्दिरा भण्डारी, कमला स्याबा दमाई र आशा कुमारी तथा एमालेबाट नैनकुमारी चौधरी र इन्दुकुमारी पौडेल चयन भएका छन् । यस्तै, सदरमुकाम मलंगवा नगरपालिकामा पनि बुधबार नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।

मलंगवामा कांग्रेस र जसपाबीच कार्यपालिका सदस्यमा तालमेल भएको थियो । तर, त्यहाँ एक जना एमालेका उम्मेदवार बिजयी भएका छन् ।

महिला कार्यपालिका सदस्यतर्फ कांग्रेसबाट सीता मेस्तर, सोविता देवी र जसिया देवी तथा जसपाबाट अमिरिखा देवी र कविता देवी चयन भएका छन् । त्यसैगरी, दलित तथा अल्पसंख्यक सदस्यमा एमालेबाट रामनन्दन महतो, जसपाबाट दयाराम मण्डल र कांग्रेसबाट मुरारी पासवान चयन भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।