हरिवन – नेकपा (एकीकृत समाजबादी) सम्बद्ध जनबर्गिय संगठनरुले आइतबार सर्लाहीको हरिवनमा बिरोध प्रदर्शन गरेका छन ।
युवा संघ नेपाल, अनेरास्ववियू, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले प्रदर्शन गरेको युवा संघका सर्लाही अध्यक्ष जय गाेलेले जानकारी दिए । हरिवन चोकमा भेला भएका नेकपा एकीकृत समाजवादी सम्बद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ताहरुको जुलुस बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियोे । जुलुस पछी भएको कोण सभामा पार्टीका नेताहरु उत्तर कुमार मैनाली, जय गोले, राज कुमार बिक, लिलि घिसिङ लगाएतले सम्बोधन गरेका थिए ।
आइतबार राष्ट्रब्यापी कार्यक्रम अन्तर्गत समाजवादीका कार्यकर्ताहरुले हरिवनमा प्रदर्शन गरेका हुन् । यस्तै, ईश्वरपुर नगरपालिकाको बयलवास लगायतको स्थानमा पनि नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसी विरुद्धमा प्रदर्शन गरेको छ ।
फाेटाे क्याप्सन : कार्यक्रममा सम्बाेधन गर्दै युवा संघ सर्लाहीका अध्यक्ष जय गाेले तथा उपस्थित अन्य नेताहरु । (तस्बिर : उज्यालाे अभियान)