logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

गाँजासहित दुई महिला र अटो चालक पक्राउ


  • उज्यालो अभियान

नवलपुर, ०२ भदौ – प्रहरीले महेन्द्र राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरबाट लागुऔषध गाँजासहित दुई महिला र एक अटो चालकलाई पक्राउ गरेको छ ।

लागुऔषध प्रभावित क्षेत्रको रुपमा परिचित हरिवन नगरपालिकाको डाबरीबाट मधेश प्रदेश ०३००१ ह २४४५ नम्वरको अटोमा लागुऔषध गाँजा लिएर लालबन्दीतर्फ आउँदै गर्दा तीन जना पक्राउ परेका हुन् । प्रहरीले अटो चालक हरिवन नगरपालिका घुर्कौली बस्ने ३० वर्षीय सुशील साह, अटोमा सवार महिलाहरु २५ वर्षीया जगतारण साह र २५ वर्षकै राधिका साहलाई पक्राउ गरेको हो ।

उनीहरुले अटोमा हालेर ल्याउँदै गरिएको पाँचवटा पोकामा रहेको २२ किलो ८२० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । गाँजासहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए ।