logo
  • बिहिबार, साउन २८, २०८३ / Thursday, Aug, 13 ,2026

लागुऔषधविरुद्ध सचेतना जगाउँदै युवा दिवस मनाइयो


  • उज्यालो अभियान

बबरगन्ज, २७ साउन – लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना जगाउँदै बुधबार सर्लाहीमा पनि अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ ।

विभिन्न सामाजिक संघसंस्था र गैरसरकारी संस्थाले ‘स्वस्थ, सभ्य, सुरक्षित समाजको प्रतिवद्धता : लागुऔषध दुरुपयोगविरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नारासहित अन्तराष्ट्रिय युवा दिवस मनाएका हुन् । चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा लागुऔषधविरुद्ध सचेतनामूलक र्याली निकाल्दै दिवस मनाइएको स्थानीय शिवनाथ राउतले जानकारी दिए ।

बबरगन्ज यूवा क्लब र उज्यालो नेपाल संस्थाको संयुक्त आयोजनामा अन्तराष्ट्रिय युवा दिवस मनाइएको हो ।