लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाका २ स्थानमा शुक्रबार लायन्स क्लब अफ लालबन्दी सिटीले असहाय र विपन्न परिवारलाई फाइबर सिरक प्रदान गरेको छ ।
चिसोबाट अतिप्रभावित भएका लालबन्दी नगरपालिका–५, सोह्रबिघाका ३० परिवार र लालबन्दी नगरपालिका–१२, जियाजोरका १० परिवारलाई एक÷एक थान फाइबर सिरक वितरण गरिएको लायन्स क्लब लालबन्दी सिटीका अध्यक्ष बिकल जर्गा मगरले जानकारी दिए । क्लबका अध्यक्ष मगरकै अध्यक्षतामा चिसो प्रभावितलाई फाइबर सिरक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु राजकुमार न्यौपाने, दीपेन्द्र अधिकारी, पुष्कर कुइँकेल, धर्मराज थापा, वर्तमान सचिव नारायण कुमार दाहाल र कोषाध्यक्ष चिरन्जिवी खतिवडा लगायतको उपस्थिति रहेको थियो ।