कविलासी – जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट शुक्रबार सर्लाहीको कविलासी नगरपालिका ५ पचगछियामा रहेको सोभिया सानेलाल सरस्वती आधारभूत विद्यालयका १२० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ ।
कविलासी नगरपालिकाका मेयर कौशलकिशोर राय, सहायक प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे लगायतले विद्यार्थीहरुलाई स्वेटर वितरण गरेका हुन् ।
यसअघि जिल्लाको हजरिया, रामवन, मलंगवा लगायतका स्थानमा पनि जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट विद्यार्थीहरुलाई स्वेटर प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाका कम्प्यूटर अपरेटर मुकेश यादवले जानकारी दिए ।