logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कृषि सामग्रीका हाकिमले गरे आश्रममा खाद्यान्न सहयोग


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको नवलपुरमा रहेको कृषि सामग्री कम्पनि लिमिटेडका प्रमुख दीपक थापा मगरले शनिबार जुटपानी वृद्धाश्रममा खाद्यान्न सहयोग गरेका छन् ।

मगरले आफै आश्रममै पुगेर ५० केजी आलु, ३० केजी चिनी, २५ केजी गहत र २० केजी पिठो हस्तान्तरण गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् । आश्रमले असहाय र अपहेलित वृद्धवृद्धाको पालनपोषण गरेर पुण्यको काम गरिरहेको देखेर आफूले पनि थोरै सहयोग गरेको कृषि सामग्रीका प्रमुख मगरले बताए ।

यस्तै, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा ललितपुर भैंसेपाटी निवासी राजेन्द्र कार्की र सरिता कार्की दम्पत्तिले स्वर्गिय आमा सुशीला कार्कीको स्मृतिमा आज बेलुकाका लागि वृद्धवृद्धालाई मिष्ठानका भोजन गराउनुका साथै चिसोमा लगाउने हुक समेत वितरण गरेका आश्रमले जनाएको छ ।

त्यसैगरी, हरिवन नगरपालिका–८, चापिनी निवासी श्रीमान चूडामणि दाहाल र छोराहरुले स्वर्गिय सीता दाहालको स्मृतिमा शनिबार बिहानको मिष्ठान्न भोजन गराउनुका साथै कम्बल पनि वितरण गरेका छन् ।