logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

मन्त्री महताेद्वारा भरत तालको अवलोकन


  • उज्यालो अभियान

तालको निरीक्षण गर्न आएका मन्त्री महतो र अन्य । (तस्बीर : उज्यालो अभियान)

बागमती – प्रदेश २ सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले बिहीबार सर्लाहीको बागमतीस्थित मानव निर्मित भरत तालको अवलोकन भ्रमण गरेका छन् ।

मन्त्री महतोले तालको भ्रमणसँगै यसको स्वरुप लगायतको विषयमा समेत नगरका प्रतिनिधिसँग जानकारी लिएका छन् । मन्त्री महतोले केही दिन पहिला मात्र प्रदेश सभा बैठकमा समेत ताललाई प्रदेश दुईकै पर्यटकिय गन्तब्य बनाउने बिषयमा कुरा उठाएका थिए ।

मन्त्री महतोले यस ताललाई प्रदेश सरकारको अपनत्वको योजनाको रुपमा विकास गर्ने गरी हेरिरहेको बताए । ताल पछिल्लो समय स्थानीयसँगै बाह्य पर्यटकको लागि समेत उत्सुत्ताको विषय बनेको भन्दै यसको थप सम्भाब्यता अध्ययन गर्ने बताए ।

केही दिन पछिनै मन्त्रालयको थप प्राविधिक टोली सहित आएर यसको सम्पूर्ण तवरबाट सम्भाब्यता अध्ययन गरिने मन्त्री महतोले बताए । १२१ बिगाह क्षेत्रफलमा फैलिएको यस मानव निर्मित तालमा पछिल्लो समय मोटर बोट, मिनि क्रुज सयर गर्न आउनेको ह्वातै बढेका छन् ।