logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

रेडियो एकता १२ औँ वर्षमा प्रवेश


  • उज्यालो अभियान

रेडियो एकताको १२ औँ वार्षिक साधारण सभा । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दीमा सामुदायिक रेडियो एकता सञ्चालन गरिरहेको सामुदायिक सञ्चार एकता सहकारी संस्थाको सोमबार १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित रेडियोको निर्माणाधीन भवनमा साधारण सभा सम्पन्न भएको हो । रेडियोका अध्यक्ष बेनीबहादुर कार्कीको अध्यक्षतामा आयोजित साधारण सभा समारोहमा लालबन्दी नगरपालिका–५, का वडाध्यक्ष मोहनहरि भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो । रेडियोका व्यवस्थापक प्रकाश मैनालीको संचालन तथा उपाध्यक्ष गोविन्द महतले स्वागत मन्तव्य राखेको कार्यक्रममा रेडियोका संचालक समिति सदस्य, लेखा समिति सदस्य, शेयर सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

लालबन्दी–५, मेजरगन्जमा अहिले रेडियोले डेढ कठ्ठा जग्गा खरिद गरेर आफ्नै साँढे ४ तले भवन निर्माण गरिरहेको छ । भवन निर्माणको अन्तिम चरणमा पुगिसकेकाले केही महिनाभित्रै रेडियो त्यहीँ सार्ने तयारी भइरहेको रेडियोका अध्यक्ष बेनीबहादुर कार्कीले बताए ।

सर्लाहीमै पहिलो पटक सामुदायिक रेडियो एकताले आफ्नै भवन निर्माण गरिरहेको हो । हाल रेडियो लालबन्दी नगरपालिका–९, बस्तीपुरमा भाडाको घरबाट संचालन भइरहेको छ ।