सांकेतिक तस्बिर ।
नवलपुर – लालबन्दीमा सोमबार राती मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका–१ बागवानी पुल नजिकै बसले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक रामेछाप जिल्ला साविक सोलु गाविस–५ का ३५ वर्षीय राजेश घिमिरे खत्रीको मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख १४ ९९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको घिमिरे सवार लु ७७ प ९२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट टाउकोमा चोट लागेका घिमिरेलाई तत्काल उपचारको लागि लालबन्दी पुर्याइएको इलाका प्रहरी कार्यालयका प्रमुख निर्मल थापाले जानकारी दिए । लालबन्दीस्थित मोडल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगंजको मेडिकल कलेज पुर्याइएको घिमिरेको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनायो ।