सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
गोडैता – प्रहरीले सोमबार दिउँसो सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनीगाउँस्थित नेपाल–भारत सीमा नजिकैबाट प्रतिवन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
भारततर्फबाट प्रदेश नं. ०३–०२–०३१ प २७८१ नम्वरको २२० सिसीको पल्सर मोटरसाइकलमा लागूऔषध नाइट्रोभेट ट्याब्लेट लिएर आउँदै गर्दा सर्लाहीकै रामनगर गाउँपालिका–५ बस्ने २९ वर्षका राजेश कुमार यादवलाई पक्राउ गरेको हो ।
उनको साथबाट नाइट्रोभेट ट्याब्लेट ९०० वटा गोट्टी बरामद भएको प्रहरीले जनाएको छ ।