जिल्ला प्रहरी कार्यालय सर्लाही ।
संग्रामपुर – भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरबाट डाँका मुद्दाका फरार एक प्रतिवादी आइतबार पक्राउ परेका छन् ।
सर्लाही जिल्ला अदालत मलंगवाबाट प्राप्त फरार लगत अनुसार फरार प्रतिवादीहरुलाई खोज तलास गर्नेक्रममा डाँका मुद्दाका फरार प्रतिवादी साबिक संग्रामपुर वडा नं. ३ हाल पर्सा गाउँपालिका–२, बस्ने ५२ वर्षीय किसुर ग्वारलाई प्रहरीले पक्राउ गरेको हो । ग्वारलाई गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेर अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
सर्लाही प्रहरीले अहिले फरार अभियुक्तहरुको खोजी कार्यलाई तीव्र पारेको छ ।