लालबन्दी – सर्लाहीमा नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसनको नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार लालबन्दीमा सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट रामप्रसाद घिमिरे अध्यक्ष रहने गरी पाराभेटेरिनरीको ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । समितिमा उपेन्द्र साह उपाध्यक्ष, दशरथ घिमिरे सचिव, गोमा सिंजाली कोषाध्यक्ष लगायत अन्य सदस्यहरु रहेका छन् ।
पाराभेटेरिनरीमा भेटेरिनरी प्राविधिकहरु आवद्ध छन् ।