नवलपुर – सर्लाहीमा शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीले आफू निकट अखिल नेपाल महिला संघ (समाजवादी) को जिल्ला कमिटी घोषणा गरेको छ ।
नवलपुरमा सम्पन्न भेलाबाट १५१ सदस्यीय जिल्ला कमिटी र १५ सदस्यीय पदाधिकारी घोषणा गरिएको हो । अनेमसंघ (समाजवादी) को अध्यक्षमा हरिपुर नगरपालिकाकी उपमेयर समेत रहनुभएकी रेणुका काफ्ले, उपाध्यक्षमा सर्मिला सिंह दनुवार, रमा पौडेल, कौशिला लुंगेली, सचिवमा लिली घिसिङ, कोषाध्यक्षमा सुशीला चौधरी लगायत अन्य पदाधिकारीहरु रहेका छन् ।
पदाधिकारीसहित कमिटीका अन्य सदस्यहरुको शुक्रबार नै सपथग्रहण समेत सम्पन्न भएको छ । १६ दिने महिला हिंसा विरुद्धको अभियानकै क्रममा आयोजना गरिएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय उपाध्यक्ष तथा अनेमसंघ (समाजवादी) की केन्द्रीय अध्यक्ष जयन्ती राईको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै, अनेमसंघ (समाजवादी) की केन्द्रीय उपाध्यक्ष उषा पोखरेल, केन्द्रीय सचिव गोमा विष्ट, प्रदेश २ अध्यक्ष बिभा कार्की, प्रदेश उपाध्यक्ष प्रेममाया श्रेष्ठ, सचिव कमला वाईबा, पार्टीका पोलिटब्यूरो सदस्य लक्ष्मण पौडेल, केन्द्रीय सदस्यहरु बेची लुंगेली, डिल्ली प्रसाद उप्रेती, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, माओवादी केन्द्रकी नेतृ विनिता दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।