केही समयअघि एक युवक तालमा डुबेर बेपत्ता भएपछि खोजी हुँँदै । फाईल तस्बीर ः उज्यालो अभियान
बागमती – सर्लाहीको बागमती नगरपालिका–१२, मा रहेको भरत तालमा डुबेर आज दिउँसो एक युवक गम्भीर भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–५, बस्ने काजिबाबु कार्कीका छोरा २५ वर्षीय सागर कार्की तालमा डुबेर गम्भीर भएका हुन् । उनलाई स्थानीय र प्रहरीले उद्धार गरेका छन् ।
कार्कीको मोडेल अस्पताल कर्मैयामा उपचार चलिरहेको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । कार्कीले घरायसी विवादपछि मदिरा सेवन गरेर आफै तालमा आएर हाम फालेको बुझिएको छ ।