फोनिजका नवनिर्वाचित पदाधिकारी ।
हरिवन – नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को सर्लाही अध्यक्षमा पुनः घनश्याम बलम्पाकी चयन भएका छन् ।
शनिबार हरिवनमा सम्पन्न भेलाले दोस्रो पटक बलम्पाकीको अध्यक्षतामा फोनिजको १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । समितिमा रिना आले उपाध्यक्ष, साङ बहादुर लो (राजु) सचिव, संगिना मोक्तान सहसचिव, सुविना श्रेष्ठ कोषाध्यक्ष लगायत अन्य सदस्य चयन भएका छन् ।
फोनिजका प्रदेश २ का अध्यक्ष प्रमेश बादेको प्रमुख आतिथ्यतामा आयोजित भेलाले राष्ट्रिय भेलाका लागि अध्यक्ष घनश्याम बलम्पाकी र सहसचिव संगिन मोक्तानलाई प्रतिनिधिमा चयन गरेको छ ।