logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आगलागीबाट ५० लाख बढीको क्षति, पत्रकार महासंघका अध्यक्षको मोटरसाइकल समेत जल्यो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

हरिवन – सर्लाहीको हरिवनमा शुक्रबार राती एक इलेक्टोनिक होलसेल पसलमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ ।

हरिवन नगरपालिका–८, का बिक्रम नेपालले हरिवन नगरपालिका–११, बजारस्थित मधु कुमारी थापाको घरमा सर्टर भाडा लिएर राखेको होलसेल पसलमा आगलागी भएको हो । शुक्रबार राती साँढे १ बजेतिर भएको आगलागीबाट पसलभित्र बिक्रीका लागि राखिएको टिभी, फ्रिज लगायतका सरसामग्री जल्दा ५० लाख बढीको क्षति भएको पीडित नेपालले उज्यालो अभियानसँग बताए ।

आगलागीमा परेर पसल बाहिर पार्किङ गरेर राखिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीको ज २ प ८५७६ नम्वरको मोटरसाइकल समेत पूर्णरुपमा जलेको छ । आगलागी भएको पसलमाथि क्षेत्री नै अध्यक्ष रहेको उज्यालो अभियान दैनिक पत्रिकाको कार्यालय सञ्चालन हुँदै आएको छ । क्षेत्री कार्यालयमै मोटरसाइकल पार्किङ गरेर हाल काठमाण्डौं गएका छन् ।

आगलागी स्थानीयवासी, दमकल र प्रहरी मिलेर करिव १ घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीको वास्तविक कारण खुल्न नकसेपनि विद्युत् सर्ट भएर भएको हुनसक्ने आशंका गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।