चन्द्रनगर – सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नं ३ मा अन्डेफको सहयोगमा साउथ एसीया पार्टनरशिप नेपाल (साप–नेपाल)को आयोजनामा “नेपालमा स्थानिय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रवद्र्धन” कार्यक्रम संचालन भैरहेको छ ।
चन्द्रनगर गाउँपालिकाका घुम्ति प्रशिक्षकहरुले साप–नेपालको सहयोगमा वडा नं २, ३, ४,५,६,र ७ मा १६ वटा मुसहर महिला सशक्तिकरण मञ्च गठन गरेका छन । जस अन्तरगत ८०० जना मुसहर महिलाहरु समेटिएको छ । समुहका अगुवा मुसहर महिलाहरुलाई महिला सशक्तिकरण तथा लैंगिक उत्तरदायी स्थानिय बजेट बिषयक प्रसिक्षण कार्यक्रम संचालन गर्दै आएको छ ।
यस क्रममा २०७८ मंसीर २० गते चन्द्रनगर गाँउपालिका वडा नं. ३ कामत र वडकुर्वाका ३ वटा मुसहर महिला सशक्तिकरण मन्चका ४४ जना मुसहर अगुवा महिलाहरुलाई मुसहर महिला सशक्तिकरण तथा लैंगिक उत्तरदायी स्थानिय बजेट बिषयमा तालिम सम्पन्न गरिएको छ । मुसहर महिलालाई समुह मार्फत संगठीत गरेर उनिहरुको नेतृत्व क्षमताको विकास गर्न, स्थानिय सरकार तथा अन्य सरोकारवाला निकायहरुको जवाफदेहिता अभिवृद्धी गर्न, आफ्नो हक अधिकारको बारेमा पैरवी गर्न, स्थानिय सरकारको योजना तथा बजेट बारे जानकारी गराई योजना निमार्ण प्रकृयामा मुसहर महिलाहरुको सहभागीता बढाउ तालिमले योगदान पुग्ने साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा युनाईटेड नेसन्स डेमोक्रेसी फण्ड (अन्डेफ) का प्रतिनिधिहरु अल्भेरो नितियो र स्मृती पन्त, साप नेपालका कार्यकारी निर्देशक नरेन्द्र प्रसाद जोशी, रुक्मनी कार्की, जिल्ला स्तरिय संयुक्त समन्वय समितिका पदाधिकारीहरुले अवलोकन तथा अनुगमन गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै चन्द्रनगर गाँउपालिकाका सुचना अधिकृत एवं प्रशिक्षक संजय महतोले यस कार्यक्रमले मुसहर महिला सशक्तिकरणमा महत्वपुर्ण योजदान दिने बताए । बिगतमा मुसहर महिलाहरुले स्थानिय सरकार कार्यक्रममा सहभागीता नभएपनि आगामी दिनमा उनिहरुको सक्रयता बढ्ने बताए । कार्यक्रममा सहजिकरण गर्दै गाँउपालिकाले दलित तथा विपन्न समुदायलाई छुट्टाएको बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भयो महिलाहरुले गाँउपालिकामा गएर समुह मार्फत योजना माग गर्नुपर्ने बताउदै योजना तथा बजेटको बारेमा प्रशिक्षण दिनुभयो महिलाहरुले सामुहिक रुपमा बस्ति स्तरको भेलामा सहभागीता जनाएर आफ्नो योजना माग गर्नु पर्ने बताए ।
नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहीका अध्यक्ष रितुराज ऋिषीले नेपालमा मुसहर तथा दलित समुदायको नाजुक अवस्था रहेको बताउदै केन्द्र, प्रदेस देखी स्थानिय सरकारहरुले मुसहरहरुको आर्थिक, सामाजि तथा राजनैतिक विकासमा कुनै चासो नदिएको बताए । राज्यको शासन व्यवस्थामा आमुल परिवर्तन आए पनि मुसहर समुदाय भने गाँस,वास र कपासको व्यवस्था नभएर भोक र गरिवीमा बाच्नुपरेको बताए । मुसहर महिला सशक्तिकरणको लागी यस यो कार्यक्रम अति उपयुक्त भएको हुनाले यस कार्यक्रमको अबधि २ बर्ष मात्र नभएर ५ बर्ष सम्म बढाउन माग गरे ।
स्थानिय श्रोत व्यक्ति एवं वडा सदस्य पति देवी माझीले दलित महिलाहरुको कुरा कसैले नसुन्ने भएको हुदा आफुहरु समुहमा आवद्ध भएर आफ्नो मागहरु सम्बन्धित निकायमा पु¥याउने समुह बनाएको बताईन । कार्यक्रममा मुसहर महिलाहरुले आफ्ना वालवालिकाहरु माथि विद्यालयमा विभेद हुने गरेको बताए ।
हप्तामा तिन दिन मात्र विद्यालय खुल्ने गरेकोले पढाई राम्रो नभएको गुनासो गरेका थिए । कार्यक्रममा साप नेपालका कार्यकारी निदेशक नरेन्द्र प्रशाद जोशीले मुसहर समुदायको समग्र विकासको लागी सरकार, नागरिक समाज, मिडीया मिलेर लाग्नुपर्ने बताए । यस कार्र्र्र्यक्रमले महिलाहरुको नेतृत्व क्षमताको विकास गर्नुृका साथै स्थानिय सेवा प्रदायहरुको जवाफदेहिता अभिवृद्धि गरी राज्यको श्रोत साधनमा मुसहर समुदायको पहुँच पुग्न मद्दत पुग्ने बताउनु भयो ।
कार्यकममा वोल्दै चन्द्रनगर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष सिताराम महतोले गाँउपालिका तथा वडा कार्यालयले दलित तथा मुसहरहरुको लागी आवास निमार्णमा चासो दिएर काम गरेको बताए । साथै दलितहरुको लागी भैसी पालन, सुँगुर पालनको लागी बजेट छुट्टाय पनि दलित समुदायले चासो नदिएको र समुह बनाएर नआएको बताए । अहिले मुसहर महिलाहरुले समुह बनाएको हुदा खुसी प्रकट गर्दै वडामा आएर योजना मागगर्नु पर्ने बताए । उनले आफ्ना वाल वालिकाहरुलाई अनिवार्य रुपमा विद्यालय पठाउन गरे ।
उक्त प्रशिक्षण कार्यक्रममा, मुसहरको अवस्था,स्थानिय योजना निमार्ण प्रकृया,लैङ्गिक उत्तरदायी बजेट,सामाजिक जवाफदेहिता, जेण्डर, बचत तथा आयआर्जन, सामाजिक मुल्य मान्यता बिषय बारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा वडा अध्यक्ष सिताराम महतो, दलित महिला वडा सदस्य पति देवि माझी, नेपाल मुसहर संघ सर्लाहीको अध्यक्ष रितुराज ऋषि चन्द्रनगर गाँउपालिकाका सुचना अधिकारी संजय महतो, युनाईटेड नेसन्स डेमोक्रेसी फण्ड (अन्डेफ) का प्रतिनिधिहरु अल्भेरो नितियो र स्मृती पन्त, साप नेपालका कार्यकारी निर्देशक नरेन्द्र प्रसाद जोशी, रुक्मनी कार्की, सन्तोष नन्दन भण्डारीको आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा मीडीया पार्टनर रेडियो एकताका जनार्जन खत्रीले वडा अध्यक्ष सिताराम महतो लगाएत सरोकारवाला निकायहरु संग गाँउपालिकाको योजना कार्यक्रम बजेटका साथै कार्यक्रममा मुसहर महिलाहरुको सहभागीता र समसामयीक विषयमा रेडीयो कार्यक्रमकोलागी सम्बाद गरेका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा तिन वटा समुहका ४४ जना मुसहर महिला अगुवाहरु सहित ५२ जनाको सहभागीता रहेको थियो ।