logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

एसपी प्रसाईको सर्लाहीमा दरबन्दी कायम


  • उज्यालो अभियान

मलंगवा – प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दरबन्दी कायम भएको छ ।

प्रहरी प्रधान कार्यालयले २२ जना एसपीको एकसाथ सरुवा गर्दा प्रसाईको सर्लाहीमा नै दरबन्दी कायम भएको हो । एसपी प्रसाईले गएको कात्तिक ८ गतेदेखि नै सर्लाही प्रहरीको नेतृत्व सम्हाल्दै आएका छन् । त्यसबेला २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट काज सरुवा भएर आएका उनको अब भने यहीँ दरबन्दी कायम भएको हो ।

यसअघिका एसपी सन्तोष सिंह राठौरको त्यसबेला पुलिस एकेडेमी महाराजगन्ज काठमाण्डौंमा काज सरुवा भएको थियो । राठौरको अहिले काठमाण्डौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा दरबन्दी कायम भएको छ ।