हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, मा सुक्रवार १८ घर दलित परिवारलाई न्यानो कपडा प्रदान गरिएको छ ।
काठमाडाैं निवासी समाजसेवी युवा पुष्पराज कोइरालाले उपलब्ध गराएको न्यानो कपडा शुक्रवार हरिवन नगरपालिका–८, स्थित पुरानो बजारका दलित परिवारलाई हस्तान्तरण गरिएको स्थानीय कांग्रेस युवा नेता युगल सुवेदीले जानकारी दिए ।
स्थानीय वुद्धिजिवी तथा समाजसेवी एवं कांग्रेस नेताहरु चूडा पौडेल, डोर प्रसाद भट्टराई, सुमन सिन्दाली, अनिल कर्ण, धनराज बुढाथोकी (रामहरि), रन्जन सिन्दाली, विनोद महत, राजिव मास्के, सुशील थपलिया, मोहन भट्टराई, युगल सुवेदी लगायतको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको हो ।