ज्येष्ठ नागरिकलाई सम्मान गर्दै पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ ।
पत्थरकोट – सर्लाहीको लालबन्दी नगरपालिका–१३, पत्थरकोटमा सुक्रवार नेवार समुदायका १७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
त्यहाँ रहेको भिमशेर गुठीले गुठीमा आवद्ध सदस्यहरुका ७५ वर्ष पुगिसकेका बुवा र ७० वर्ष पार गरिसकेका आमाहरुलाई सम्मान गरेको हो । भिमशेन गुठी मन्दिर परिसर पत्थरकोट छेडा गाउँमा ज्येष्ठ पुरुषहरुलाई दोसल्ला, भादगाउँले टोपीसहित फूलमाला, अबिर अनि ज्येष्ठ महिलाहरुलाई पछ्यौरा, फूलमाला र अबिर पहि¥याएर सम्मान गरिएको गुठीका सदस्य तथा नेपाली सेनाका अवकाश प्राप्त क्याप्टेन चन्द्रदेव श्रेष्ठले जानकारी दिए ।
कार्तिक पूर्णिमाका अवसरमा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, लालबन्दी–१३, का वडाध्यक्ष शिवकृष्ण वैद्य लगायतले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन् ।