logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मूर्तियामा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा प्रदर्शन


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको मूर्तियामा बिहिवार बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

नयाँरोडबाट बरहथवातर्फ गइरहेको ना ४ ख ७५२२ नम्वरको बसले ठक्कर दिँदा बरहथवा नगरपालिका–९, मूर्तियाका ५४ वर्षीय रामु भन्ने रामेश्वर गुरुङको मृत्यु भएको हो । मर्निङवाकमा निस्किएका गुरुङलाई बिहिवार बिहान ६ बजेतिर बरहथवा नगरपालिका–९, मूर्तियास्थित कुसुम चौकमा बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाईते भएका उनलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज लानेक्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उमाशङ्कर प्रसाद यादवले जनाए । प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको डीएसपी यादवले बताए । दुर्घटनापछि आक्रोशीत भएका स्थानीयवासीले बिहिवार बिहान ७ बजेदेखि ११ बजेसम्म पाँच घण्टा नयाँरोड–बरहथवा सडक अवरुद्ध पारेका छन् ।

स्थानीयहरुले टायर बालेर प्रदर्शन गर्दा केहीबेर घटनास्थलको अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले मृतकको परिवारलाई सवारीधनीबाट कानून बमोजिम क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि बन्द खुलेको मूर्तियाका वडा सदस्य धर्मराज गुरुङले बताए ।

गोरखापत्र अनलाईनबाट साभार