logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बलरामा छात्राहरुलाई साइकल वितरण


  • उज्यालो अभियान

बलरा – सर्लाहीको बलरा नगरपालिकामा रहेको रामसखी मोहित माध्यमिक विद्यालयका छात्राहरुलाई वुधवार साइकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत विद्यालयमा गत वर्ष ८ कक्षामा अध्ययन गरी अहिले कक्षा ९ मा पुगेका सबै छात्राहरुलाई साइकल वितरण गरिएको हो । सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभाका सांसद डा. अमरेश कुमार सिंहको प्रमुख आतिथ्यतामा छात्राहरुलाई साइकल वितरण गरिएको विद्यालयले जनाएको छ ।

यसअघि मंगलवार कविलासी नगरपालिका–४, हेमपुरमा रहेको जानकी दास जनता माध्यमिक विद्यालयका छात्राहरुलाई पनि साइकल वितरण गरिएको थियो ।

प्रदेश २ सरकारले चलाएको साइकल वितरण अभियानमा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भर्खरै ठहर गरेको थियो । त्यसपछि पनि साइकल वितरण अभियान चलिनै रहेको छ ।