logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रदेश २ को नाम मिथिला उपयुक्त : वैष्णव


  • उज्यालो अभियान

गैर – जनकपुरस्थित जानकिमन्दिरका उत्तराधिकारी रामरोशन दास बैष्णवले प्रदेश नम्बर २ को नाम मिथिला प्रदेश राख्न आग्रह गरेका छन् ।

सर्लाहीको गैर बजारमा वुधवार आयोजित महाकवि विद्यापति स्मृति पर्व समारोहमा बोल्दै बैष्णवले प्रदेश २ को नाम मिथिला प्रदेश राख्न आग्रह गरेका हुन् । मिथिला क्षेत्रमा विद्यापतिले पु¥याएको योगदानको चर्चा गर्दै उनले योगदानका आधारमा यस प्रदेशको नाम मिथिला राख्नु पर्ने बताए ।

मैथिल र मिथिलाबासीको संख्या यस प्रदेशमा उल्लेख्यरुपमा रहेकाले पनि उनले प्रदेशको नाम मिथिला हुनुपर्ने उल्लेख गरे । विद्यापतिको बारेमा बोल्दै उनले यहा“का मैथिल समाजले उनको अनुकरण गर्नुपर्ने बताए ।

बैष्णवका अनुसार पछिल्लो समय ब्राम्हण समाजले समाजमा प्रतिष्ठा कायम गर्नमा चुकीरहेको छ । फलस्वरुप समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ ।

कविलासी नगरपालिका–७ स्थित गैरका स्थानीयको आयोजनामा यसवर्ष विद्यापति स्मृति पर्व समारोह मनाइएको हो । यो समारोह प्रत्येक वर्ष मंसिर १ गते मनाइने गरिएको छ । समारोहमा जिल्लाभरीका ५१ जना ७० बर्ष पुरा गरेका बयोबृद्ध लाई सम्मान गरिएको थियो ।

नागरिक अगुवा राजनिकान्त झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली का“ग्रेसका युवा नेता बलिराम झाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । शिक्षक विजय झाले सञ्चालन गरेको कार्यक्रममा विशिष्ट अतिथिमा मैथिल ब्राम्हण महासभाका अध्यक्ष भगवान झा, मैथिल प्रवर्धन समितिका अध्यक्ष एवं कानून आयोगका पूर्व अध्यक्ष उमेशचन्द्र झा, बाशुशरण कोइराला,पार्थमणी भट्टराई यमिनी द्विप लगायतको उपस्थिती रहेको थियो ।