सांकेतिक तस्बिर ।
घारिबथान – बाँके जंगलमा सोमवार राती भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ ।
बाँके चौकबाट २ सय मिटर उत्तर जिल्लाको ईश्वरपुर नगरपालिका–१२, घारिबथानस्थित भित्री सडक खण्डमा घारिबथानबाट बाँके चौकतर्फ निस्कँदै गरेको प्रदेश–२–०३–००४ प ९५३९ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएर भएको दुर्घटनामा घारिबथाननै घर भएका मोटरसाइकल चालक २२ वर्षीय सुरज मुर्मछान मगर र पछाडि सवार २० वर्षीय मुकेश आलेको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सुरजको लालबन्दी र पछाडि सवार मुकेशको वीरगन्जमा ज्यान गएको प्रहरीले जनायो ।
उनीहरु सागरनाथमा लागेको मेला गर्न आउँदै गर्दा राती साँढे ११ बजेतिर दुर्घटनामा परेका हुन् ।