logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीमा पनि कानुन व्यवसायीको अदालतमा धर्ना


  • उज्यालो अभियान

मलंगवा – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग गर्दै सर्लाहीमा पनि नेपाल बार एशोसिएशनले धर्ना सुरु गरेको छ ।

केन्द्रीय आन्दोलनको कार्यक्रम अनुसार सोमवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म जिल्ला अदालत सर्लाही मलंगवाको मूल गेट अगाडि दुई घण्टा धर्ना दिइएको नेपाल बार एशोसिएशन सर्लाहीका अध्यक्ष नरेश चौधरीले जानकारी दिए । उनले मंगलवार पनि यसैगरी धर्नामा बसिने बताए ।

त्यसपछि पनि प्रधानन्यायाधीश जबराको राजिनामा नआए केन्द्रबाट तय हुने अर्को चरणको आन्दोलनको कार्यक्रम गरिने बारका जिल्ला अध्यक्ष चौधरीले बताए ।