logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पसल बन्द गरेर घर फर्किदै गरेका सुन पसले लुटिए


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमतीमा शनिवार साँझ पसल बन्द गरेर घर फर्कदै गरेका एक जना सुन पसल संचालक लुटिएका छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, पुतली चौकमा रहेको नर्सिङ सुनचाँदी पसलका संचालक ललन कुमार साह लुटिएका हुन् । शनिवार साँझ ६ बजेतिर पसल बन्द गरेर बागमती नगरपालिका–१२ स्थित घरतर्फ फर्किदै गर्दा बागमती नहर नजिकै मोटरसाइकल चढेर आएका तीन जना अज्ञात व्यक्तिले साहको साथमा रहेको २० हजार नगद, दुई तोला सुन, ५ सय ग्राम चाँदी र एक थान मोवाइल सेट लुटेर लगेका छन् ।

आफू, भाई र गाउँकै एक जना युवकसँगै पसल बन्द गरेर घर फर्किनेक्रममा मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल देखाई लुटपाट गरेका पीडित ललन कुमार साहले उज्यालो अभियानसँग बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले लुटपाटको घटनामा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।

उक्त लुटपाटको घटनापछि स्थानीय व्यवसायी त्रसित भएका छन् ।