logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

समाजसेवी साहद्धारा द्वन्द्व पीडित बालगृहमा खाद्यान्न सहयोग


  • उज्यालो अभियान

घुर्कौली – संविधान सभाका सदस्य एवं समाजसेवी नरेन्द्र साहले वुधवार सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा रहेको द्वन्द्व पीडित बालगृहमा खाद्यान्न सहयोग गरेका छन् ।

समाजसेवी साहले छठ पर्वको अवसरमा अभिभावकविहिन द्वन्द्व पीडित बालबालिका आश्रित उक्त बालगृहमा १५ बोरा चामल, दुई बोरा आलु, आठ प्याकेट नुन, एक कार्टुन तेल र दुई कार्टुन चाउचाउ सहयोग गरेका हुन् । बाल गृहका संस्थापक तथा नेकपा एकीकृत समाजवादी पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, हरिवन नगरपालिका ५ का वडाध्यक्ष नागेन्द्र कुमार साह, नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतको उपस्थितिमा समाजसेवी साहले बालगृहका लागि खाद्यान्न हस्तान्तरण गरेका साहका सहयोगी रोशन लामाले जानकारी दिए ।

खाद्यान्न हस्तान्तरण गर्दै समाजसेवी साहले बालगृहमा कुनै पनि प्रकारको दुःख, अप्ठेरो पर्दा आफूलाई सम्झन पनि आग्रह गरेका छन् । खाद्यान्न सहयोग गर्न पुगेका समाजसेवी साह र अन्यलाई बालगृहमा आश्रित किशोरी मन्जु शान्तिले स्वागत गरेकी थिईन् ।