logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जन्मदिनमा युवा समाजसेवी भण्डारीले दिए भोजराजलाई ह्वील चेयर


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनका युवा व्यवसायी एवं समाजसेवी युवराज भण्डारीले आफ्नो जन्मदिनमा एक जना अशक्त व्यक्तिलाई सहयोग प्रदान गरेका छन् ।

हरिवन नगरपालिका वडा नं. ८ निवासी भण्डारीले सोही वडाका भोजराज मगरलाई सहयोग गरेका हुन् । मगर केही वर्षअघि घरको छतबाट लडेर मेरुदण्ड भाँचिएपछि थला परेका छन् ।

उनलाई युवा समाजसेवी भण्डारीले शनिवार बिहान एक थान ह्वील चेयर, तीन बोरा चामल, एक कार्टुन तेल र पाँच किलो पिठो प्रदान गरेका हुन् । युवा समाजसेवी भण्डारीले बिहान समाजसेवी भरत कुमार कार्की, राजु कार्की, वडा सदस्य यम बहादुर भुजेल, पुष्कर महत, युवा व्यवसायी अमन बुढाथोकी (रामहरि), रन्जित धमला, विवेक महतसहित मगरकै घरमा पुगेर ह्वील चेयर र खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

उक्त सामग्रीहरु उपलब्ध गराउन पुगेका भण्डारीसहित अन्यले मगरलाई आगामी दिनमा थप सुविधा सम्पन्न ह्वील चेयर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । युवा समाजसेवी भण्डारीले जन्मदिनकै अवसरमा हरिवनस्थित मानव सेवा आश्रममा आश्रय दिएर राखिएकाहरुका लागि शनिवार बेलुकाको भोजनको प्रवन्ध मिलाएका छन् ।