भेल्ही, ०८ कात्तिक – सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा भोली सोमबार शोक बिदा दिइएको छ ।
गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधनमा दुःख व्यक्त गर्दै गाउँ कार्यपालिका बैठकले भोली पालिकाभर शोक बिदा दिने निर्णय गरेको हो । उपाध्यक्ष श्यामकला यादवले सूचना जारी गर्दै भोली गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थामा शोक बिदा दिइएको जानकारी दिईन् ।
ब्रह्मपुरी गाउँपालिका-२ घर भएका ८५ वर्षीय साहको गत बुधबार बिहान काठमाडौँमा निधन भएको थियो । गाउँपालिका अध्यक्ष साहलाई केही समयदेखि अप्लाष्टिक एनिमिया (दुर्लभ रगत सम्वन्धी समस्या) देखिएको थियो ।