दुर्घटनास्थल ।
फूलजोर, ०८ कात्तिक – सर्लाहीको बाँके जङ्गलमा शनिबार भएको सवारी दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित ईश्वरपुर नगरपालिका-१२ मा पर्ने बाँके जङ्गल क्षेत्रमा शनिबार मध्याह्न ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाका ३७ वर्षीय रञ्जित रामको उपचारका क्रममा मृत्यु भएको हो ।
बाराको सुवर्ण गाउँपालिका-४ बस्ने रञ्जितको उपचारका क्रममा एलएस न्यूरो अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए । उनका अनुसार अन्य ११ जना घाइतेमध्ये केही डिस्चार्ज भएका छन् भने केहीको लालबन्दी र कलैयामा उपचार चलिरहेको छ ।
सर्लाहीबाट पूर्व बर्दीवासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४-००१ ज ००५७ नम्वरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००२ ख १३२४ नम्वरको ट्रक ठोक्किँदा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।