फाईल तस्बीर ।
परवानिपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानिपुर भोर्लेनीमा सुक्रवार चिरान गर्दै गर्दाको अवैध काठ बरामद गरिएको छ ।
घारी सव डिभिजन वन कार्यालयबाट सहायक वन अधिकृत रामचन्द्र यादवको नेतृत्वमा खटिएको वन गस्ती टोलीले भोर्लेनी कालिन्जोर खोलास्थित बाँस झ्याँङबाट चिरान गरिरहेको अवस्थामा काठ बरामद भएको हो । काठ चिर्दै गरेका मानिसहरु भने वन गस्ती टोलीलाई देख्नासाथ फरार भएका छन् ।
सो स्थानबाट सालको ४ थान गोलिया र चिरा गरेर दुई फक्ल्याटा पारिएको अरु ४ थान झण्डै ८५ क्यूफिट काठ बरामद भएको वन रक्षक लेखनाथ चौलागाईँले जानकारी दिए ।