logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नवलपुर ग्रिड सवस्टेशन टेष्टिङ गरिँदै, लालबन्दी र हरिवनमा बत्ती काटिने


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा निर्माण भएको १३२/३३ केभिए ग्रिड सवस्टेशन टेस्टिङ तथा संचालनका लागि सुक्रवार लालबन्दी र हरिवन फिडरमा लाईन काटिने भएको छ ।

अहिले बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म लाईन काटिने भएको हो । नेपाल विद्युत् प्राधिकरणले नवलपुरमा भर्खरै ग्रिड सवस्टेशन निर्माण सम्पन्न गरेको छ ।

निर्माणको सम्पूर्ण काम पूरा भई ‘नो लोड’ मा चार्ज समेत गरिसकिएको र लोड दिएर टेष्टिङ गर्न लागिएको ग्रिड सवस्टेशनका प्रमुख निरन्जन साहले जानकारी दिए । उनका अनुसार करिव ४० करोड रुपियाँ लागतमा नवलपुरस्थित लखन्देखी खोला नजिकै ग्रिड सवस्टेशन तयार पारिएको हो ।

सुरुमा लालबन्दी र हरिवनको ११ केभिए फिडरमा लाईन दिईने छ । त्यसपछि हरिपुर, मलङ्गवा र बरहथवा वितरण केन्द्र अन्तर्गत ३३ केभिए प्रशारण लाईनमा सप्लाई दिने गरी काम भइरहेको ग्रिड सवस्टेशनका प्रमुख साहले बताए ।

जिल्लामै पहिलो ग्रिड सवस्टेशन बनेपछि सर्लाहीका लागि लामो जङ्गल छिचोल्दै रौतहटको चन्द्रनिगाहपुरदेखि विद्युत् ल्याउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।