logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

उद्धारमा खटिने प्रहरीकै कार्यालय डुबानमा


  • उज्यालो अभियान

डुबानमा परेका प्रहरी चौकी ।

मलंगवा – सर्लाहीको औरही र खुटौनामा रहेका प्रहरी चौकी डुबानमा परेका छन् ।

प्रहरी चाैकी अाैरही परिसर ।

निरन्तर भइरहेको वर्षाको पानीको निकास नहुँदा चक्रघट्टा गाउँपालिकामा रहेको प्रहरी चौकी औरही र मलंगवा नगरपालिकामा पर्ने प्रहरी चौकी खुटौना डुबानमा परेका हुन् । डुबानमा परेका प्रहरी चाैकी परिसरबाट दमकलले तानेर पानी बाहिर फाल्ने काम भईरहेकाे प्रहरी उपरीक्षक सन्ताेष सिंह राठाैरले जानकारी दिए ।

प्रहरी चाैकी अाैरही परिसर ।

भारी वर्षा हुने क्रम बढेपछि शुक्रबार बिहानबाट सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय सहित विभिन्न कार्यालय तथा सर्बसाधारणहरुकाे घर डुबानमा परेका छन् । त्यस्तै भाँडसर, खुटाैना लगायत दक्षिणी क्षेत्रका विभिन्न गाउँ एवं सडकहरु पनि जलमग्न बनेका छन् । आधा दर्जन बढी घरहरु डुबानबाट क्षतिग्रस्त बनेकाे तथा तीन दर्जन बढी घरहरुमा पानी पसेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।