logo
  • आइतवार, अशोज २५, २०८३ / Sunday, Oct, 11 ,2026

एसइईमा उत्कृष्ट अंक ल्याउने र दलित छात्रछात्रालाई कौडेना गाउँपालिकाको सम्मान


  • उज्यालो अभियान

(तस्बीर : निरजकुमार यादव)

कौडेना, २३ असोज – सर्लाहीको दक्षिणी भेगस्थित कौडेना गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा उत्कृष्ट अङ्क प्राप्त गरी उत्र्तीण विद्यार्थीलाई आज पुरस्कृत गरेको छ ।

गाउँपालिकाभरीका विभिन्न सामुदायिक विद्यालयबाट अघिल्लो वर्षको एसइइमा ए प्लस जिपिए ल्याउने एक जना छात्रलाई ५० हजार रुपियाँ र ए जिपिए ल्याउने नौ जना छात्रछात्रालाई २५ हजार रुपियाँसहित पुरस्कृत गरिएको हो ।

यस्तै एसइइ उत्र्तीण १५ जना दलित छात्रछात्रालाई समेत १५ हजार रुपियाँसहित पुरस्कृत गरिएको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु), उपाध्यक्ष नगीना देवी, प्रमुख प्रशासकीय अधिकृत सुरेश दासलगायत भएर विद्यार्थी तथा उनीहरुका अभिभावकलाई चेक तथा प्रमाणपत्र हस्तान्तरण गर्दै पुरस्कृत गरेका छन् । विद्यार्थी र उनीहरुका अभिभावकलाई शिक्षाको महत्व बुझाउने र प्रोत्साहन गर्ने उद्देश्यले नगदसहित पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष बब्लुले बताए ।

कौडेना गाउँपालिका १ सुन्दपुरमा रहेको देवधारी माध्यमिक विद्यालयमा सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सरोज राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीलगायतको आतिथ्यता रहेको थियो ।