प्रतिकात्मक तस्बिर ।
हरिपुर, २४ असोज – नवलपुर–मलंगवा सडकखण्डस्थित सर्लाहीको हरिपुर नगरपालिका–८, जगतपुर स्कुलअगाडि आज म्याजिक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका–७, गणेशियाका ३० वर्षीय अरविन्द साहको मृत्यु भएको हो । साहलाई प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना १ ज ६३०८ नम्वरको म्याजिक र मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्वरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक साहको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न म्याजिक र चालकलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।