logo
  • आइतवार, अशोज २५, २०८३ / Sunday, Oct, 11 ,2026

सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा


  • उज्यालो अभियान

बेला, २३ असोज – सर्लाहीको ईश्वरपुर नगरपालिका १० लाई आज सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको छ ।

वडाभित्र विद्यालय जाने सम्पूर्ण बालबालिका विद्यालयमा भर्ना भएको दावीसहित आज वडाध्यक्ष रासनारायण चौधरीको अध्यक्षता तथा नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको हो ।

उक्त घोषणाका लागि केही वर्षदेखि वडा कार्यालय, नगरपालिका, सेभ द चिडे्रन, ग्रामीण नारी उत्थान संघलगायतले समन्वय गरेर अभियान संचालन गर्दै आइरहेका थिए ।

ईश्वरपुरमा यसअघि वडा नं. ४, ७, ११ र १२ सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा भइसकेका छन् ।