logo
  • शनिबार, अशोज १७, २०८३ / Saturday, Oct, 03 ,2026

क्षेत्र नं. १ (ख) को सभापतिमा आचार्य निर्वाचित


  • उज्यालो अभियान

लालबन्दी, १४ असोज – नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ (ख) को सभापतिमा प्रशान्त आचार्य निर्वाचित भएका छन् ।

पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत बयलवासमा सम्पन्न मतदानमा ४३६ मत प्राप्त गर्दै आचार्य क्षेत्र नं. १ (ख) को प्रदेश क्षेत्रीय सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रमोदप्रसाद थपलियाले १८३ मत प्राप्त गरेका छन् ।

प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित आचार्य कांग्रेस लालबन्दी नगर समितिका निवर्तमान सभापति हुन् ।

यस्तै प्रदेश क्षेत्रीय कार्य समितिको उपसभापतिमा ललितबहादुर बस्नेत, सचिवमा पुनर अधिकारी, सदस्यहरुमा संजोग खतिवडा, देवराम तिमल्सेना, सागर आचार्य, नारायण अधिकारी, विभुसिंह थापा, महेशकुमार महतो, मोहनबहादुर बस्नेत, गुरुप्रसाद पौडेल, उमेश राय यादव, सहदेव केसी र नवराज कुशवाहा निर्वाचित भएका छन् भने केही सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।