logo
  • शनिबार, अशोज ३, २०८३ / Saturday, Sep, 19 ,2026

बागमतीमा चट्याङ लागेर बालिकाको मृत्यु, दुई घाइते


  • उज्यालो अभियान

फाइल तस्बीर ।

कर्मैया, ३० भदौ – बागमती नगरपालिका-४, गोले टोलमा मंगलबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

आज साँझ ५ः३० बजेतिर भएको उक्त घटनामा अन्य दुई जना घाइते भएका छन् । साँझपख घर नजिकै खेलिरहेका बेला पानीसँगै परेको चट्याङ लागेर ठाकुरसिंह मोक्तानकी छोरी १२ वर्षीया दिना मोक्तानको मृत्यु भएको हो ।

चट्याङ लागेर अचेत भएकी दिनालाई उपचारका लागि बागमतीस्थित एक स्वास्थ्य संस्थामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

चट्याङ लागेर हस्तबहादुर बोम्जनकी छोरी ११ वर्षीया प्रितिमा बोम्जन र ४२ वर्षीय पोसाकबहादुर वाइबा घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर अवस्थाकी प्रितिमालाई थप उपचारका लागि वीरगन्ज लगिएको छ भने सामान्य अवस्थाका पोसाकबहादुरको बागमतीमै उपचार भइरहेको छ ।

आज साँझपख मौसम बद्ली भएर सर्लाहीको हरिवन, बागमतीलगायत क्षेत्रमा भारी वर्षा भएको छ ।