logo
  • शनिबार, अशोज ३, २०८३ / Saturday, Sep, 19 ,2026

अपडेट : स्यालले टोकेर घाइते भएका ६ मानिस र २५ बढी चौपायको उपचार सुरु


  • उज्यालो अभियान

हरिवन, २८ भदौ – सर्लाहीको हरिवन नगरपालिका-८ का विभिन्न बस्तीमा शुक्रबार राती र शनिबार बिहान स्यालले टोकेर घाइते भएका मानिस र पशुचौपायको उपचार सुरु भएको छ ।

पछिल्लो अपडेट अनुसार एउटा स्यालले टोकेर ६ जना मानिस र २५ वटाजति कुकुरसहित पशु चौपाया घाइते भएका छन् । उनीहरुको उपचारका लागि स्वास्थ्य चौकी हरिवन, नगर अस्पताल सासापुरबाट स्वास्थ्यकर्मी परिचालन तथा पशु स्वास्थ्य शाखाबाट पशुको उपचारका लागि टोली खटिएको नगरप्रमुख रमेश बुढाथोकीले बताए ।

हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले तत्कालका लागि छिमेकी पालिकाबाट रेबिजविरुद्धको खोप मगाएर घाइते मानिसहरुको उपचार भइरहेको बताए ।

पशुचौपायका लागि लगाउने रेबिजको खोप उपलब्ध नै रहेको पशु स्वास्थ्य शाखाका डा. महेश श्रेष्ठले बताए । आतंकित पार्ने स्याललाई स्थानीयले नियन्त्रणमा लिएर मारिसकेका छन् ।