logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मोटरसाइकल पल्टिएको अवस्थामा चालक यादव मृत फेला परे


  • उज्यालो अभियान

बलरा, १० पुस – बलरा नगरपालिका-१० सुदामा ब्यारेजस्थित भित्री सडक खण्डमा मोटरसाइकल चालक मृत अवस्थामा फेला परेका छन् ।

बुधबार राती सबा १० बजे रामनगर गाउँपालिका-१ निवासी तेजनारायण राय यादवको छोरा ४५ वर्षीय संजय राय यादव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले गरेको खबरका आधारमा इलाका प्रहरी कार्यालय गडहियाका प्रहरी निरीक्षक कैलास चौधरी नेतृत्वको प्रहरी टोलीले यादवलाई मृत फेला पारेको हो । म.प्र.०३-०२९प ३७४४ नम्बरको मोटरसाइकल सडकको बाँयापट्टी खेतमा पल्टिएको र चालक यादव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटना कतिखेर भएको हो भन्ने एकिन भैनसकेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।