हरिवन, २४ भदौ – हरिवन नगरपालिकाका प्रमुख (मेयर) रमेश बुढाथोकी (कमल) को घरमा तोडफोड भएको छ ।
जेन–जी आन्दोलनका क्रममा हरिवन नगरपालिका कार्यालयमा तोडफोड एवं आगजनी गरेपछि आन्दोलनकारी मध्येकै एक समूह मंगलबार दिउँसो नगरपालिका प्रमुख बुढाथोकीको घरमा पुगेको थियो । उक्त भिडले हरिवन नगरपालिका–११ स्थित प्रमुख बुढाथोकीको घरमा तोडफोड एवं घरभित्रबाट सरसामानहरु निकालेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । नगर प्रमुख बुढाथोकीले आन्दोलनकारीको एक समूहले आफ्नो घरमा तोडफोड गरेको जानकारी दिए । ‘घरको झ्याल ढोका तोडफोड भएको छ, घरभित्र पसेको भिडले दराज समेत फोडेर लुगाफाटा लगायत विभिन्न सामानहरु पनि लगिएको छ’, प्रमुख बुढाथोकीले उज्यालो अभियानसँग भने ।
योपनि पढ्नोस्
श्रम तथा यातायात मन्त्री रायद्वारा राजिनामाको घोषणा
आन्दोलनकारीद्वारा हरिवन नगरपालिका कार्यालयमा समेत तोडफोड र आगजनी
सर्लाही सदरमुकाम मलंगवा र बरहथवामा पनि कर्फ्यू आदेश
सर्लाहीकाे लालबन्दीमा दिउँसाे १ बजेदेखि कर्फ्यू आदेश
जेन-जी प्रदर्शन : मलंगवामा दर्जनाैं सेल अश्रुग्याँस प्रहार
सर्लाहीमा मंगलबार जेन-जी आन्दाेलनका झलक (तस्बिरहरु)
जेन-जी आन्दोलनका कारण महेन्द्र राजमार्ग एवं बजार ठप्प
प्रदर्शनकारीद्वारा मलंगवास्थित कांग्रेस र एमालेको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी