जिल्ला प्रशासन कार्यालय मलंगवातर्फ अगाडी बढ्दै गरेकाे भिड नियन्त्रण प्रयास गर्दै सुरक्षाकर्मी । (तस्बिर : उज्यालाे अभियान)
मलंगवा, २४ भदौ – जेन-जी आन्दाेलनका क्रममा प्रदर्शनकारीहरुकाे भिड सदरमुकाम मलंगवास्थित सर्लाही जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयतर्फ अगाडी बढेपछि स्थिती नियन्त्रणका लागि मंगलबार बिहान प्रहरीले दर्जनाैं सेल अश्रुग्याँस प्रहार गरेकाे छ ।
प्रदर्शनकारीहरु ढुंगामुढासहित अदालत र प्रशासन कार्यालयतर्फ आक्रामक ढंगले अगाडी बढेपछि स्थिती नियन्त्रणका लागि अश्रुग्याँस प्रहार गरिएकाे सुरक्षा अधिकारीहरुले जनाएका छन् । हाल स्थिती केही साम्यजस्ताे देखिएपनि प्रदर्शनभने जारी रहेकाे स्थानीय प्रत्यक्षदर्शीले बताए ।
प्रदर्शनका क्रममा दुइजना घाइते भएकाे बताइएकाे छ । यद्यपी घाइतेकाे विवरण भने अझै खुल्न सकेकाे छैन ।
याेपनि पढ्नाेस्
सर्लाहीमा मंगलबार जेन-जी आन्दाेलनका झलक (तस्बिरहरु)