logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जेन-जीकाे समर्थनमा स्थानीय युवाले गरे नवलपुरमा चक्काचाम


  • उज्यालो अभियान

जेन-जीकाे समर्थन तथा सरकारकाे विराेधमा नवलपुरमा साेमबार साँझ विराेध प्रदर्शन गरिरहेका युवाहरु । (तस्बिर : राेशन न्याैपाने/उज्यालाे अभियान)

नवलपुर, २३ भदौ – जेन–जी युवाहरुद्वारा काठमाडाैंसहित देशका विभसन्न शहरहरुमा गरिएकाे विराेध प्रदर्शमा सरकारले चरम दमन गरेकाे भन्दै सर्लाहीकाे नवलपुरमा स्थानीय युवाहरुले महेन्द्र राजमार्ग अवरुद्ध सहित प्रदर्शन गरेका छन् ।

नवलपुर चाेकमा युवाहरुकाे विराेध प्रदर्शन । (तस्बिर : राेशन न्याैपाने/उज्यालाे अभियान)

नवलपुरकाे प्रदर्शनमा सहभागि युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली सहित वर्तमान सरकारले राजिनामा दिनुपर्ने, प्रदर्शनका क्रममा जेन-जी युवाहरुकाे हत्यारालाई कारबाही गर्नुपर्ने लगायत नाराबाजी गरेका थिए । युवाहरुकाे प्रदर्शनका कारण साेमबार साँझ ६ बजेदेखि १ घण्टा महेन्द्र राजमार्गमा सबारीसाधन आवतजावत ठप्प भएकाे थियाे । युवाहरुकाे प्रदर्शनका कारण अवरुद्ध महेन्द्र राजमार्ग अहिले अहिले साँझ ७ बजेबाट सूचारु भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सराेज राइले जानकारी दिए ।

साेमबार दिउँसाे काठमाडाैंसहित मुलुकका विभिन्न शहरहरुमा जेन-जी युवाहरुकाे प्रदर्शनमा प्रहरीले चलाएकाे गाेली लागेर मृत्यु हुनेकाे संख्या याे समाचार तयार पार्दासम्म १९ जनाकाे मृत्यु भएकाे छ भने ३४७ जना घाइते भएका छन् ।