
मलंगवा, २४ भदौ – जेन-जी आन्दोलनकारीहरुको प्रदर्शनका कारण स्थिती तनावग्रस्त भएपछि स्थानीय प्रशासनले सदरमुकाम मलंगवा र प्रमुख व्यापारिक केन्द्र बरहथवामा पनि कर्फ्यू आदेश जारी गरेको छ ।
प्रदर्शनकारीहरुको भिडले विभिन्न पार्टीको जिल्ला कार्यालय तथा सरकारी कार्यालय एवं बरहथवामा नगरपालिकाकाे कार्यालयसहित अन्य विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा आगजनी एवं तोडफोड गरेका कारण परिस्थिती प्रतिकुल बनेका कारण प्रमुख जिल्ला अधिकारी (सीडीओ) तुलसी बहादुर श्रेष्ठले स्थानीय प्रशासन ऐन अनुसार सदरमुकाम मलंगवा क्षेत्रमा मंगलबार दिउँसो २ बजदेखि अर्को आदेश नभएसम्मका लागि लागू हुनेगरि कर्फ्यू आदेश जारी गरेका हुन् ।
सीडीओ श्रेष्ठले लालबन्दी नगरपालिका क्षेत्रमासमेत मंगलबार दिउँसो १ बजेदेखि कफ्र्यू आदेश जारी गरेका थिए । आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्ने सीडीओ श्रेष्ठद्वारा जारी कर्फ्यू आदेशमा उल्लेख छ ।
योपनि पढ्नोस्
सर्लाहीकाे लालबन्दीमा दिउँसाे १ बजेदेखि कर्फ्यू आदेश
जेन-जी प्रदर्शन : मलंगवामा दर्जनाैं सेल अश्रुग्याँस प्रहार
सर्लाहीमा मंगलबार जेन-जी आन्दाेलनका झलक (तस्बिरहरु)
जेन-जी आन्दोलनका कारण महेन्द्र राजमार्ग एवं बजार ठप्प
प्रदर्शनकारीद्वारा मलंगवास्थित कांग्रेस र एमालेको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी