logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवनका इन्स्पेक्टर तामाङ हेडक्वाटर तानिए


  • उज्यालो अभियान

हरिवन, ०५ साउन – इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङ प्रहरी प्रधान कार्यालय काठमाडौं (हेडक्वाटर) तानिएका छन् ।

विभिन्न गुनासो तथा उजुरी परेपछि इन्स्पेक्टर तामाङलाई हेडक्वाटरले झिकाएको प्रहरी स्रोतले जानकारी दियो । तामाङले २०८१ भदौमा इलाका प्रहरी कार्यालय हरिवनको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

हेडक्वाटरले इलाका प्रहरी कार्यालय हरिवनको प्रमुखको रुपमा प्रहरी वृत्त बौद्धबाट इन्स्पेक्टर चन्द्र अधिकारीलाई काज सरुवा गरेको छ । अधिकारी सोमबार नै हरिवन आउने जिल्ला प्रहरी कार्यालय स्रोतले जनायो ।

योपनि पढ्नोस्

इप्रका हिरापुरका सबै प्रहरी फेरिए, मोलमलाइबारे अनुसन्धान गर्न समिति बनाइयो

तस्करसँग १८ हजार माग्ने सइ कारवाहीमा